बुटवलमा थप २० जनामा कोरोना पोजेटिभ
बुटवल, । बुटवलमा पछिल्लो २४ घन्टामा थप २० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ ।
बुटवल उपमहानगरपालिकाको जनस्वास्थ्यले दिएको जानकारी अनुसार आइतबार ४ बजे सम्मको तथ्यांकअनुसार वडा न १ मा २ जना, वडा न ३ मा २ जना, वडा न ४ मा १ जना, वडा न ६ मा ५ जना, वडा न ९ मा १ जना, वडा न ११ मा २ जना, वडा न १३ मा २ जना, वडा न १५ मा ४ जना, र वडा न १९ मा १ जना गरि २० जनामा कोरोना पोजेटिभ देखिएको छ ।
यो संगै बुटवल उपमहानगरपालिकामा हालसम्म २८५ जनामा कोरोना पोजेटिभ देखिएको छ । त्यस्तै कोरोना निको हुनेको कुल संख्या ७२ पुगेको छ भने सक्रिय संक्रमितको संख्या २१३ जना रहेको छ।
त्यस्तै पछिल्लो २४ घन्टामा बुटवल उपमहानगरपालिकामा १८ जनाले कोरोनालाइ जितेर घर फर्किएका छन् ।
पछिल्लो २४ घण्टामा १२२१ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १२ हजार ७१७ नमुना परीक्षण गर्दा ३४८ महिला र ८७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या ३८ हजार ५६१ पुगेको छ । उनीहरुमध्ये २२१ जनाको मृत्यु भएको छ भने २० हजार ८२२ जना कोरोनामुक्त भएका छन् ।
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…

