विप्लवका छोरा प्रकाश बने डाक्टर !
काठमाडौं । भूमिगत नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’का छोरा प्रकाश चन्द एमबिबिएस डाक्टर बनेका छन् । उनी नेपाल मेडिकल काउन्सिलको अनुमतिपत्र प्राप्त डाक्टर बनेको पारिवारिक स्रोतले जनाएको छ ।
आजै मात्र मेडिकल काउन्सिलले चिकित्सक नाम दर्ता (लाइसेन्स) परीक्षाको नतिजा सार्वजनिक गरेको हो । जसमा ४६ प्रतिशत उत्तिर्ण भएका छन् । त्यसमा विप्लवका छोरा प्रकाश पनि परेका हुन् ।
प्रकाशले चितवनको एक चिकित्साशास्त्र कलेजमा एमबिबिएस कोर्स पढेका हुन् ।
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…

