छाडा चौपायाका कारण स्थानिय तनाबमा, स्थानिय तह बेखबर ।।
प्रिन्स मिश्रा , कृष्णनगर कपिलवस्तु
कपिलवस्तुको कृष्णनगर नगरपालिकाका बिभिन्न स्थानमा छाडा गाई गोरुले सताउन थालेका छन । कृष्णनगर , बहादुरगंज , डबरा ,गुरचीहवा ,लछ्मिनगर ,सेमरा लगायतका स्थानमा लगाइएका बाली नाली गाई गोरुहरुले सखाप पार्दे छन । रात दिन छाडा गाई गोरुहरुले गर्दा स्थानीय हैरान परेसान भएका छन । कहिले बाली नाली सखाप पर्ने त कहिले दुर्घटना निम्त्याउने जस्ता समस्या भोग्न सर्बसाधारण बाध्य भएका छन ।
ती सबै स्थानमा दिउसो र रातीमा २० /२५ वटा गाई गोरुहरु जम्मा भएर रातिको समयमा ठुलै संख्यामा बालीनालीमा पसेर बाली नाली सखाप पारिरहेको किसानहरु बताउछन ।
रात र दिनको समयमा ती गाईगोरु सडकभरी घुमिरहदा यात्रा गर्न कठिनाइ हुन्छ र पशु चौपायका कारण सवारी दुर्घटना पनि निम्तिएको छ र दिनहुँ दुर्घटना हुने गरेको छ l
मुख्य गरी कृष्णनगरको सेमरा , बहादुरगंज , गुरचीयहवा लगायतमा छाडा गाई गुरुको कारण धेरै बालीनाली नोक्सान भएको बहादुरगंजका एक किसानले बताएका छन । छाडा चाैपाया व्यावस्थापन तिर सम्बन्धितकाे ध्यान किन पुग्न सकेकाे छैन एक किसानले प्रश्न समेत गरे ।
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…


