श्रम स्वीकृतिको काम छिटो गरिदिने भन्दै घुस लिने दुई जना श्रम कार्यालय ताहाचलबाट पक्राउ
काठमाण्डौ – ताहाचलस्थित वैदेशिक रोजगार कार्यालय परिसरबाट श्रम स्वीकृति छिटो गरिदिने भन्दै घुस लिंदै गरेको अवस्थामा दुई जना पक्राउ परेका छन् ।
श्रम स्वीकृति लिन कार्यालय पुगेका सेवाग्राहीसँग काम छिटो गरिदिने भन्दै आठ हजार घुस लिने कार्यालयमा करारमा कार्यरत सवारी चालक समिर भन्ने धनबहादुर तामाङ र लेखापढी व्यवसायीको काम गर्ने रामानन्द चौधरी पक्राउ परेका हुन् ।
दुवै जनाले काम छिटो गरिदिने भन्दै घुस मागेको सूचना र उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट खटिएको टोलीले रामानन्द चौधरीले सेवाग्राहीबाट ८ हजार रुपैयाँ घुस लिएर सवारी चालक धनबहादुरलाई दिएको अवस्थामा रकमसहित दुवैलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ । पछिल्लो समय श्रम स्वीकृति लिनका लागि कार्यालय जानुअघि नै अनलाइनमार्फत फारम भरेर टोकन लिनुपर्छ ।
अनलाइन टोकनमा नै कुन समयमा श्रम स्वीकृति पाइन्छ र कुन समयमा कार्यालय आउने भन्ने कुरा उल्लेख हुने भएकाले ठगीमा नपर्न कार्यालयले अनुरोध गरेको छ ।
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…


