मलाई यस कारण विश्वासकाे मत दिनुपर्छ : ओली
काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तामान सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको दाबी गर्नुभएको छ । प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफू नेतृत्वको सरकारले उल्लेख्य काम गरेकोले सरकारलाई विश्वासको मत नदिनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।
सरकारले सबै पक्षसँग छलफल गर्न तयार रहेको भन्दै उहाँले औचित्य र आवश्यकताको आधारमा संविधान संशाेधन गर्न आफू तयार रहेको बताउनुभयो । अब विभाजनको राजनीति समाप्त भइसकेको भन्दै उहाँले देशको सार्वभौमसत्ता, स्वाधीनता भौगोलिक अखण्डतामा अब कुनै विवाद नरहेको बताउनुभयो ।
दोषी को हो भनेर अनुहार हेरेर कारबाही गर्ने कि नगर्ने भनेर सरकारले नहेर्ने भन्दै उहाँले अराजनीतिक र गैरकानुनी काम गर्नेहरूलाई सरकारले अनुहार हेरेर छाड्ने काम नगर्ने बताउनुभयो ।
अहिलेको सरकारले शान्ति र सुव्यवस्थाको अवस्था राम्रो बनाएको भन्दै सत्यलाई स्वीकार गरेर अघि बढ्न तयार हो भने सबैले अहिलेको सरकारलाई विश्वास दिनुपर्ने ओलीले बताउनुभयो । यसैका लागि संसदमा आफूले विश्वासको मत लिन चाहेको उहाँले बताउनुभयो ।
राजमार्ग, झोलुङ्गे पुल, सुरुङ मार्गसहित विकास निर्माणका काममा पनि अहिलेको सरकारले उल्लेख्य प्रगति गरेको ओलीकाे भनाइ छ । अन्तिम अपडेट: बैशाख २७, २०७८
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…

