काठमाण्डौ महानगरपालिकाभित्रका विद्यालयमा जेठ २० सम्म परीक्षा गरिसक्नुपर्ने
काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाभित्रका विद्यालयले आउँदो जेठ २० गतेसम्म परीक्षा लिइसक्नुपर्ने भएको छ । महानगरपालिकाको शिक्षा विभागका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले विज्ञप्ति निकालेर जेठ २० गतेसम्ममा परीक्षा लिएर जेठको मसान्तसम्ममा नतिजा प्रकाशन गरिसक्न निर्देशन दिनुभएको हो ।
यस्तै असारको पहिलो हप्ताबाट कक्षा सञ्चालन गर्ने व्यवस्था मिलाउनसमेत महानगरपालिकाले निर्देशन दिएको छ ।
अनलाइन र अफलाइन एवम् टेलिफोन, मेलमार्फत प्रश्न पठाएर लगायत विधि अपनाएर विद्यालय अनुकूल हुने गरी परीक्षा सञ्चालन गर्नुपर्ने महानगरपालिकाले निकालेको विज्ञप्तिमा भनिएको छ ।

कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…

