कांग्रेस बागमती प्रदेश संसदीय दलद्वारा बजेट समीक्षा
काठमाडौं, ५ असार । नेपाली कांग्रेस बागमती प्रदेशसभा संसदीय दलले सरकारले प्रस्तुत गरेको बजेटको समीक्षा गरेको छ । कांग्रेस बागमती प्रदेश सभा संसदीय दलका नेता इन्द्र बानियाँले बागमती प्रदेश सरकार आफैले मिडिया सञ्चालन गर्ने लगायतका विषयमा आफ्नो धारणा राखेका छन् ।
उनले सरकारले आफ्नै मिडिया खोल्ने विषयमा आपत्ति जनाउँदै यो राज्यले आफ्नो काम ढाकछोप गर्न खेलिएको दाउपेच रहेको आरोप लगाए । सरकारले खोप लगायतका आवश्यक व्यवस्था गर्नुपर्ने वानियाँको धारणा छ । बजेटले गरिब र विपन्नलाई राहत नदिएको कर्मचारी र प्रहरीलाई प्रोत्साहन दिन सकेको उनको भनाई छ । सांसद दीपेन्द्र श्रेष्ठले खोप र भोकको समस्याबाट मुक्ति पाउने कुरामा ध्यान दिनुपर्ने बताए ।
उनले प्रदेश सरकारले प्रभावकारी ढंगले काम गर्न नसकेको भन्दै यो बजेटबाट पनि त्यसलाई सजिलै छुट्याउन सकिने धारणा राखे । सिन्धुपाल्चोकबाट निर्वाचित सांसद लामाले सरकारले बाढी पहिरो पीडितलाई प्रयाप्त राहत दिन नसकेको आरोप लगाए । मेलम्ची, हेलम्बु र पाँच पोखरीमा जनधनको क्षति भएको भन्दै सरकारले राहत र उद्घारमा ध्यान दिनुपर्ने उनको भनाई छ ।
मेलम्ची र हेलम्बुमा आवश्यक व्यवस्था गर्न हेलिकप्टरको तत्काल् व्यवस्था गर्न माग राख्दै उनले डिजास्टरमा बिलम्ब गर्नु अर्को डिजास्टर निम्त्याउनु भएको धारणा राखे । साथै उनले मेलम्ची, हेलम्बु र पाँचपोखरी क्षेत्र जोड्ने पुल र बाटो मर्मत गरेर सहज रुपमा आवतजावत गर्न सक्ने अवस्थामा ल्याउन आग्रह गरे ।
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…

