काँग्रेस निर्वाचन समितिका सदस्यमा रावल
साउन: नेपाली काँग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्यमा अधिवक्ता तेजबहादुर रावल नियुक्त भएका छन् । पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन समितिका सदस्य खम्बबहादुर खातीलाई महान्यायधिवक्तामा नियुक्त गरेसँगै रिक्त सदस्यमा कञ्चनपुरका रावललाई आइतबार नियुक्त गरेका हुन्।
सभापति देउवाले पार्टीको विधानको धारा १५ ९९० बमोजिम रावललाई नियुक्त गरेका हुन् । काँग्रेसको पाँच सदस्यीय निर्वाचन समितिको संयोजकमा महादेव यादव र सदस्यमा नवनियुक्त रावलसहित गोपालकृष्ण घिमिरे, सीताराम केसी र एकराज पोखरेल रहेका छन् ।-
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…

