हिन्दु धर्ममाथि प्रहार गर्ने बाबुरामलाई संसदमै नसिहत, आइन्दा गल्ती नदोहोर्याउन चेतावनी
काठमाडौं । हिन्दु धर्ममाथि प्रहार गर्ने जसपाका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईलाई संसदमै नसिहत दिइएको छ ।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहले हिन्दु धर्ममाथि प्रहार गर्ने काम नगर्न नसिहत दिएका छन् ।
पूर्वप्रधानमन्त्री भइसकेको, पढेलेखेको व्यक्तिले पदीय मर्यादाले पनि यस्तो चिप कुरा गर्न नसुहाउने भन्दै सांसद शाहले आइन्दा यस्तो गल्ती नदोहोर्याउन चेतावनी दिए । ‘यो देश सबै धर्मको हो ।
हामीले सबै धर्मको इज्जत गर्ने गरेका छौं । सबै धर्मलाई उतिकै सम्मान हुनुपर्छ भन्ने हाम्रो धारणा हो । तै पनि उहाँजस्तो पढालेखा सिनियर व्यक्तिले त्यस्तो अभिव्यक्त दिइसकेपछि पुरै नेपालमा हिन्दुहरु एकदमै आक्रोशित छन् । यस्ता टिप्पणी आइन्दा नआओस् । म सचेत गराउन चाहन्छु,’ उनले भने ।
बकर इदका दिन बाबुरामले सामाजिक सञ्जाल ट्वीटरमा योगी आदित्यनाथले गंगामा दुध चढाउँदै गरेको तस्विर शेयर गर्दै अन्धविश्वास खतरनाक हुने र दुध फाल्ने र गहुँत खाने गरेको भन्दै खिल्ली उडाउँदै हिन्दुहरुको आस्थामाथि चोट पुर्याउने काम गरेका थिए ।
उनको यो कदमविरुद्ध देशभर आन्दोलन भएको थियो भने मधेसमा पुत्ला जलेको थियो ।
साउने सोमवार पारेर हिजो मात्रै पशुपतिनाथमा सयौ लिटर दुध चढाएर बाबुरामलाई काउन्टर दिइएको थियो ।
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…


