गोरखापत्रसँग आयोगले माग्यो स्पष्टीकरण
काठमाडौं : सरकारको मुखपत्र गोरखापत्रसँग पनि निर्वाचन आयोगले स्पष्टीकरण मागेको छ। आइतबार प्रकाशित एक अन्तर्वार्ता निर्वाचन आचारसंहिता प्रतिकुल भएको भन्दै गोरखापत्रका प्रधानसम्पादकलाई आयोगले पत्र काटेको हो। ‘बागी उम्मेदवारको प्रभाव नगन्य छ’ शीर्षकमा उसले भरतपुर महानगरपालिकाकी प्रमुख उम्मेदवार रेनु दाहालको अन्तरवार्ता प्रकाशन गरेको थियो। यसप्रति गम्भीर ध्यानाकर्षण भएको आयोगले जनाएको छ।
‘गोरखापत्र संस्थान गोरखापत्र संस्थान ऐन २०१९ अनुसार स्थापना भएको सार्वजनिक संस्थान हो’, आयोगको पत्रमा भनिएको छ, ‘निर्वाचन आचारसंहिता २०७८ को दफा ६ (क) अनुसार सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारीले कुनै राजनीतिक दल वा उम्मेदवारको पक्ष वा विपक्षमा प्रचार प्रसारमा संलग्न हुन वा प्रचार प्रसार गर्न नहुने व्यवस्था छ।’
‘सार्वजनिक संस्थानद्वारा प्रकाशित पत्रिकाले कुनै अमुक दल वा गठबन्धनका उम्मेदवारको एकपक्षीय अन्तरवार्ता प्रकाशित गर्ने कार्य निर्वाचन आचारसंहिता विपरीत हुन्छ, हुँदैन?’ प्रधानसम्पादकलाई सम्बोधन गरिएको पत्रमा आयोगले सोधेको छ, ‘सार्वजनिक संस्थानको रूपमा स्थापित सञ्चारगृहले यस प्रकारबाट एक जनामात्र उम्मेदवारको अन्तरवार्ता प्रकाशन गर्नाले निज उम्मेदवारको प्रचार–प्रसार हुन्छ कि हुँदैन?’
२४ घण्टाभित्र लिखित जवाफ पेश गर्न आयोगले गोरखापत्रलाई भनेको छ।
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…


ghanashyam