नेपालबाट थप २ वटा आयाेजनाकाे बिजुली किन्न भारत सहमत
काठमाण्डाै – नेपालका थप दुई वटा जलविद्युत् आयोजनाको बिजुली किन्न भारतले सहमति जनाएको छ । भारत सरकारले २४ दशमलव २५ मेगावाटको काबेली बी एक र १९ दशमलव ४ मेगावाटको तल्लो मोदी आयोजनाको बिजुली किन्न सहमति जनाएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।
भारतले यसअघि आठ वटा जलविद्युत् आयोजनाबाट उत्पादित ४ सय १० मेगावाट बिजुली किनिरहेको थियो । थप दुई वटा आयोजनाको बिजुली किन्न भारत सहमत भएसँगै नेपालले अब १० वटा आयोजनाबाट उत्पादित ४ सय ५३ मेगावाट बिजुली इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आईएक्स) को प्रतिस्पर्धी बजारमा बिक्री गर्न सक्नेछ ।
गएको जेठ १९ गतेदेखि पुसको ३ गतेसम्म विद्युत् प्रधिकरणले भारतमा बिजुली बिक्रि गरेर ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आम्दानी गरेको छ ।
नेपालले बर्खामा मात्रै बढी भएको बिजुली भारतमा बिक्री गर्दै आएको छ । तर भारतले सीमित आयोजनाको मात्रै बिजुली किन्दा बर्खामा सयौँ मेगावाट बिजुली खेर भएको थियो । हिउँद लागेसँगै भने नेपालले भारतबाटै बिजुली किन्न सुरु गरिसकेको छ ।
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…


ghanashyam