गौशाला-२६ ले फेरि दिइन् उजुरी, ब्यूरोले थाल्यो अनुसन्धान


काठमाडौँ : बलात्कार मुद्दामा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित बनेकी युवती ‘गौशाला २६’ ले व्यक्तिगत गोपनीयता भंग गरेको भन्दै जाहेरी दिएपछि प्रहरीको साइबर ब्यूरोले अनुसन्धान अघि बढाएको छ।

सामाजिक सञ्जालमा आफ्नो पहिचान खुलाएको आरोपमा ती युवतीले आज साइबर ब्यूरोमा जाहेरी दिएकी प्रहरीले जनाएको छ।

व्यक्तिगत गोपनीयता भंग गरेको भन्दै जाहेरी परेको र सो जाहेरीमाथि अनुसन्धान थालिसकिएको ब्यूरोका प्रवक्ता पशुपति रायले थाहाखबरलाई जानकारी दिए। उनले त्यसरी पहिचान खुलाउनेको खोजी जारी रहेको बताए।

गौशाला-२६ को पहिचान खुलाएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवास नेपाली सम्पर्क विभाग जापानका सदस्य दिवश सापकोटालाई रास्वपाले निलम्बन गरेको जनाएको छ।

TOP