हामीले बुर्जुवाहरूसँग कम्परमाइज गरेका छौं : प्रचण्ड
काठमाडौं : प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीले उठाएका मुद्दाका सवालमा बुर्जुवाहरूसँग कम्परमाइज (सम्झौता) गरेको बताएका छन्।
शनिबार तामाङ राष्ट्रिय मुक्ति मोर्चाको सातौं महाधिवेशन उद्घाटन सत्रमा बोल्दै प्रधानमन्त्री प्रचण्डले आन्दोलनको विकास क्रममा कम्परमाइज अनिवार्य बनेर आउने गरेको बताए।
‘अहिले हामी नितान्त भिन्न परिस्थितिमा छौं। हामीले जसरी सोचेका थियौं जनवादी क्रान्तिलाई, राष्ट्रिय मुक्ति आन्दोलनलाई, आत्मनिर्णयको अधिकारको बारेमा हामी त्यसरी नै कार्यान्वयन गर्ने ठाउँमा आइपुगेका छैनौं। हामीले थुप्रै कम्परमाइजहरु गरेका छौं। बुर्जुवाहरुसँग हामीले कम्परमाइज गरेका छौं। आन्दोलनका विकास क्रममा कम्परमाइज कहिलेकाहिँ अनिवार्य भएर आउँछ।’ उनले भने, ‘आन्दोलन र उपलब्धि रक्षाका लागि बुर्जुवाहरूसँग सम्झौता गर्नुपर्ने अवस्था आउँछ। त्यसो गर्दा आन्दोलनभित्र विभिन्न विवाद र बहस आउँछ। वैचारिक संघर्षहरू पनि चल्ने गरेको छ ।’
नेपालमा मात्र नभई विश्व आन्दोलनको इतिहासमा पनि कम्परमाइज हुने गरेको उनको भनाइ थियो।
‘फ्रान्सको पेरिस कम्युनदेखि, रुसको समाजवादी वा चीनको जनवादी क्रान्तिमा पनि कम्परमाइजहरू भएका छन्। लेनिन र माओत्सेतुङले पनि कम्परमाइज गर्नुभएको छ।’ उनले भने, ‘हामीले पनि गणतन्त्र प्राप्ति, संविधानसभा निर्वाचन,संघीयता, समावेशी समानुपातिकका लागि ७ राजनीतिक दलसँग कम्परमाइज गरेकै हो।’
उनले जनयुद्धमा तामाङ र नेवार समुदायको सक्रिय सहभागिता नभएको भए अहिले नै संघीय लोकतान्त्रिक गणतन्त्र आउन संभव नरहेको उनको भनाइ थियो।
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…



ghanashyam