जलवायु परिवर्तनबाट हुने संकट घटाउन सरकार प्रतिबद्ध : वनमन्त्री शाही
काठमाडौँ : वन तथा वातावरणमन्त्री ऐनबहादुर शाही ठकुरीले जलवायु परिवर्तनबाट हुने असर कम गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
नेपालको झन्डै ८० प्रतिशत जनसंख्या जलवायु प्रेरित जोखिमको सामना गरिरहेको दाबी गर्दै उनले त्यस अवसरमा अस कम गर्न सरकार कटिबद्ध र प्रतिबद्ध रहेको बताएका हुन्।
विश्व बाल दिवसको अवसर पारेर बुधवार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री शाहीले जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाहरूको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभूति गर्न सरकारले प्रभावकारी नीति र कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको बताए।
जलवायु संकट बाल अधिकारको संकट पनि भएको उल्लेख गर्दै उनले त्यस्ता संकट समाधानका लागि सरकारले जलवायु संकटको पैरवीलाई जोड दिनुपरेको स्पष्ट पारे।
मन्त्री शाहीले भने, ‘जलवायु परिवर्तनबाट हुने प्रभाव कम गर्न सरकार कटिबद्ध र प्रतिबद्ध रहेको कुरा म यहाँ राख्न चाहन्छु। जलवायु संकटका कारण प्रभावित क्षेत्रका बालबालिकाको सुरक्षित र स्वस्थ जीवनको प्रत्याभूति गर्न सरकारले प्रभावकारी नीति र कार्यक्रम कार्यान्वयनलाई प्राथमिकता दिँदै आएको छ। जलवायु संकट केबल विश्वव्यापी आपत्काल मात्रै होइन, यो एउटा बालबालिका बाल अधिकारको संकट पनि हो। यसले शिक्षा, स्वास्थ्य, सुरक्षाको अधिकार, स्वच्छ पानी र हिंसाबाट जोगाउने अधिकारलाई पनि खतरामा पार्छ।’
त्यस अवसरमा मन्त्री शाहीले जलवायु संकट कम गर्न घर, परिवार र समुदाय स्तरमा नै जनचेतनामूलक कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउनुपर्ने बताए।
कपिलवस्तुमा ‘मुद्दा मिलाई दिन्छु’ भन्दै ५ लाख बढी ठगी गर्ने व्यक्ति पक्राउ
साउन १९, २०८३
कृष्णनगर, १९ साउन । सवारी ज्यान सम्बन्धी मुद्दा मिलाई दिने प्रलोभन देखाएर ५ लाख ६२ हजार रुपैयाँ ठगी गरेको आरोपमा…


ghanashyam