मेयरलाई संविधानले २२ वटा अधिकार दिएको छ, प्रयोग गर्न जान्नुपर्यो : सभापति चालिसे
काठमाडौं : प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिका सभापति सन्तोष चालिसेले स्थानीय तह, प्रदेश सरकारलाई संविधानले धेरै अधिकार दिए पनि प्रयोग गर्न चुकिरहेको बताएका छन्।
काठमाडौंमा आयोजित संघीयतामा बजेट सम्बन्धी कार्यक्रममा उनले मुलुकको आवश्यकता पूरा गर्न तीन तहका सरकार बनेको बताउँदै प्रदेश, स्थानीय तहले आफ्नो अधिकार बुझेर सक्षम हुनतर्फ लाग्नुपर्ने बताएका हुन्।
उनले केन्द्रतर्फ मुख ताक्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए। समिति सभापति चालिसेले जताततै देखिएको निराशालाई सम्बोधन गर्न संविधानले दिएको अधिकारलाई उनीहरूले प्रयोग गरेर काम गर्नुपर्छ।
भारतमा प्रदेश सरकारले संघीय सरकारलाई सहयोग गर्ने सामर्थ्य राख्ने गरेको बताउँदै उनले त्यो हैसियतमा हाम्रो तल्लो तहका सरकार पुग्नेगरी अघि बढ्नुपर्ने बताए। उनकाअनुसार संघले प्रदेश, स्थानीय तहलाई पाल्नसक्ने अवस्था छैन।
उनकाअनुसार अब स्थानीय तह, प्रदेश केन्द्रमै निर्भर नभई प्रत्येक वर्ष सक्षम हुनेतर्फ अग्रसर हुनुपर्छ। थाहा खबर
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam