पल्सर स्पोर्ट्स अवार्ड : ‘पिपुल्स च्वाइस’को मनोनयनमा गाैरिकादेखि मण्डेकाजीसम्म
काठमाण्डाै – पल्सर स्पोर्ट्स अवार्डका लागि ‘पिपुल्स च्वाइस’ को मनोनयन सार्वजनिक गरिएको छ । नेपाल खेलकुद पत्रकार मञ्चले पुस २८ गते हुने १७ औँ संस्करणको अवार्डका लागि पिपुल्स च्वाइस विधाको मनोनयन सार्वजनिक गरेको हो ।
मनोनयनमा १३ औँ दक्षिण एसियाली खेलकुद सागमा चार वटा स्वर्णसहित कुल आठ पदक जितेकी गौरिका सिंहसहित करातेका मण्डेकाजी श्रेष्ठ, बास्केटबलकी कप्तान सदिना श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र भलिबलकी कप्तान अरुणा शाही रहेका छन् ।
यो मनोनयनमा परेका खेलाडीको भोटिङका लागि सबैले ई–सेवाबाट भोट गर्न पाउने छन् । भोटिङबाट आएको मतको भार ५० प्रतिशत तथा पत्रकार मञ्च र प्रशिक्षकहरूको २५/२५ प्रतिशत गरी अन्तिममा विजेताको टुङ्गो लाग्नेछ ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…


