१ दिने बृहत खुल्ला रक्तदान कार्यक्रम सम्पन्न ।।६५ जनाले गरे रक्तदान

केशव बेल्वासे, कपिलवस्तु,

व्यापार सघं कपिलवस्तुको आयोजनामा १ दिने बृहत खुल्ला रक्तदान कार्यक्रम चन्द्रौटामा सम्पन्न भएको छ । शिवराज नगरपालिका, महाराजगंज नगरपालिका, विजगनगर गाउँपालिका र किर्डाक नेपाल कपिलवस्तुको सहयोग र रक्त सञ्चार केन्द्र बुटवल, रुपन्देहिको प्राविधिक सहयोगमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा ६५ जना रक्त दाताहरुले रक्तदान गरेका थिए ।

कार्यक्रममा शिवराज नगरपालिकाका नगरप्रमुख नेत्रराज अधिकारीले रगतबिनाको जीवनको कल्पना पनि गर्न नसकिने र आकस्मिक कारणले अकालमा ज्यान जान लागेको मानिसलाई बचाउने विकल्प रक्तदान नै भएको हुदा रक्तदान गर्नु मानव र्धम हुने बताउनु भयो । हामीले दिएको रगतबाट बसैको जीवन बच्ने मात्र नभएर रक्तदान गर्ने व्यक्तिको शरीर समेत स्वस्थ रहने बताउनु भयो ।

रक्तदान कार्यक्रमले धेरै नेपालीहरुको ज्यान जोगाउन सहयोग गरेको भन्दै आगामी दिनमा पनि सामाजिक काम गर्न नगर प्रमुख अधिकारीले आग्रह गर्नुभयो । शिवराज नगरपालिका प्रमुख नेत्रराज अधिकारीको प्रमुख आतिथ्यता र व्यापार सघं कपिलवस्तुका अध्यक्ष महादेव पोखे्रलको अध्यक्षतामा रक्तदान कार्यक्रम कार्यक्रम सम्पन्न भएको छ ।

TOP