दाङमा एकैदिन डेढसय बढी संक्रमित,संक्रमितको संख्या ६८२
दाङ, दाङमा एकैदिन डेढ सय बढी कोरोना संक्रमित थपिएका छन् । घोराहीमा रहेको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना परिक्षण गरिएका स्वाम मध्य ७५ प्रतिशतभन्दा धेरैमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सोमवार गरिएको पीसीआर परीक्षण गरिएका दुई सय दुई नमुना मध्य एक सय ५२ जनामा कोरोना संक्रमण देखिएको हो । उनीहरु मध्य घोराही उपमहानगरपालिकाका ८९ जना, तुलसीपुर उपमहानगरपालिकाका ४४ जना, लमही नगरपालिकाका ५ जना रहेका छन् ।
त्यसैगरी शान्तिनगर गाउँपालिका, गढवा गाउँपालिका, दंगीशरण गाउँपालिका र बंगलाचुली गाउँपालिकामा १÷१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । जसमा ६ जना संक्रमितहरु जिल्ला बाहिरका रहेका छन् । योसँगै दाङमा कोरोना सङ्क्रमितको सङ्ख्या ६ सय ८२ पुगेको छ ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…


