सप्तरीकाे गजेन्द्रनारायण अस्पतालमा आजदेखि दैनिक पीसीआर परीक्षण सुरु
सप्तरी – सप्तरीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा आज (आइतवार) देखि दैनिक पीसीआर परीक्षण सुरु भएको छ । प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलको अध्यक्षतामा बसेको जिल्ला काेभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र सीसीएमसीको बैठकबाट भएको निर्णयअनुसार दैनिक पीसीआर परीक्षण सुरु भएको हो ।
यसअघि भने अस्पतालमा हप्ताकाे दुई दिनमात्रै पीसीआर परीक्षण हुँदै आएको थियो । ‘अस्पतालबाट यसअघि हप्ताकाे दुई दिनमात्रै पीसीआर परीक्षण हुँदै आएकोमा जिल्ला सीसीएमसीकाे निर्णयअनुसार आइतवारदेखि दैनिक परीक्षण सुरु गरेका छौँ’, अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डा. रणजितकुमार झाले भन्नुभयो, ‘कोभिडको लक्षण देखिएका बिरामीलाई निःशुल्क परीक्षण भइरहेको छ भने आफ्नाे इच्छाले परीक्षण गराउनेहरूको हकमा सरकारी निर्णयअनुसार नै एक हजार रुपैयाँ शुल्क तोकिएको छ ।’
यसैबीच काेभिड–१९ सङ्क्रमणमा पनि हुने गरेको भिडभाडलाई कम गर्न सप्तरीमा आइतवारदेखि सवारी साधन सञ्चालनमा जोर–बिजोर प्रणाली लागू भएको छ ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…


