जागौं नेपाल राष्ट्रिय अभियानद्धारा रबि लामिछाने फाउन्डेसनलाई रकम हस्तान्तरण

काठमाडौँ : जागौं नेपाल प्रवास समितिले प्रबासमा संकलन गरेको रकम आज एक समारोहका बीच रबि लामिछाने फाउन्डेसनलाई हस्तान्तरण गरेको छ ।

जागौं नेपाल राष्ट्रिय अभियानका संयोजक दिपक आचार्यले आज एक समारोहका बीच रबि लामिछाने फाउन्डेसन अध्यक्ष एबम सामाजिक अभियन्ता , बरिष्ठ संचारकर्मी रबि लामिछानेलाई प्रबासबाट संकलन गरिएको एकलाख ११ हजार एकसय ११ नेपाली रुपैया हस्तान्तरण गरे ।

रवि लामिछाने फाउन्डेसनले काठमाण्डौमा जनमैत्री अस्पताल संचालन गरी गरीब तथा असहाय नागरिकलाई निःशुल्क उपचार गर्ने कार्य गरिरहेको छ ।

२०७७ साल मंसीरमा गठन भएको जागौं नेपाल राष्ट्रिय अभियानको पाँच सय एक सदस्यीय भेला आयोजक समिति गठन भएको छ भने प्रबासमा विभिन्न २५ वटा प्रबास समिति रहेका छन् । २५ मध्ये जागौ नेपाल प्रवास समिति साउदी अरब समिति लगायतले १० वटा प्रबास समितिले संकलन गरेको रकम फाउन्डेसनलाई हस्तान्तरण गरेको हो ।

जागौं नेपाल प्रवास समिति ले सुरुवात गरेको मानवीय सेवा सहयोग अभियान अन्तरगत आफु बचौं । अरुलाई पनि बचाऔं । पुण्य कमाऔं भन्ने उदेश्यका साथ संकलित रकम हस्तान्तरण गरिएको अभियानको सदस्य सचिब ज्ञानु आचार्यले जानकारी दिइन् ।

सदस्य सचिव आचार्यले सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरुप्रति जागौं नेपाल राष्ट्रिय अभियानले कृतज्ञता व्यक्त गरेको बताइन् ।

TOP