त्रिशूली नदीमा माछा मार्न गएका एक जना बेपत्ता
धादिङ – त्रिशूली नदीमा माछा मार्न गएका एक जना बिहानदेखि नदीमा डुबेर बेपत्ता भएका छन् ।
धादिङको बेनिघाट रोराङ गाउँपालिका विशालटारका २२ वर्षका लक्ष्मण बिसुराल त्रिशूली नदीमा बेपत्ता भएका जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक महेन्द्र खड्काले बताउनुभयो । दुई दिनदेखिको वर्षाका कारण नदीमा बाढी आएको छ । हराएका बिसुरालको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
पछिल्लो एक महिनामा त्रिशूली नदीमा तीन जना बेपत्ता भइसकेका छन् ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…


