नेपाली कांग्रेस: सदस्यता छानबिन मापदण्डमा सहमति
काठमाडौं, असार १९ । नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीसहित शुक्रबार बसेको बैठकले प्रक्रिया नपुर्याईकन क्रियाशील सदस्यता सिफारिस गरिएको पाइए अस्वीकार गर्नेगरी छानबिन मापदण्ड टुंगो लगाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको थियो।
सतप्रतिशतभन्दा बढी सदस्यता कुनै वडाबाट वितरण भएको पाइएमा बढी सदस्यता अन्तिमबाट काट्ने समझदारी बैठकमा भएको छ। विभिन्न पार्टीबाट कांग्रेसमा प्रवेश गरेकालाई मंसिरको निर्णयअनुसारै सदस्यता दिने सहमति गर्दै नेताहरूले संख्या नभएर यसअघि दिएको नामलाई मात्र सदस्यका रूपमा स्विकार्ने सहमति गरेका छन्। छानबिन समितिले टुंगो लगाउन नसकेका विषयलाई केन्द्रीय समितिमा पेस गर्न भनिएको छ।
छानबिन समितिका संयोजक रमेश लेखकले लामो समयदेखि विवादित क्रियाशील सदस्यतासम्बन्धी विषयले निकास पाएको बताए। नागरिक दैनिकबाट
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…


