युवाहरुद्धारा बहादुरगञ्जमा मास्क वितरण
कपिलवस्तुको कृष्णनगर नगरपालिका बहादुरगञ्ज स्थानिय युवाहरुले मास्क वितरण अभियान संचालन गरेका छन् । कोरोना महामारीको तेस्रो लहर सुरु भएसगै सर्तकता अपनाउन भन्दै सबैलाई मास्क अनिवार्य प्रयोग गर्न आग्रह समेत गरिएको छ ।
सुशिल गुप्ता,मकबुल जिलानी,बदरेअालम शाह लगाएतका युवाहरुको सक्रियतामा शिवराज अस्पताल आसपास, बहादुरगंज चोक आसपास लगाएतका ठाउँमा मास्क बितरण गरिएको हो । ईलाका प्रहरी कार्यालय बहादुरगंजको टोलि सहित युवाहरुले बजार क्षेत्रका सबै स्थानमा पुगि
नागरिकहरुलाई सचेत गराएका थिए । कोरोना बाट बच्न युवाहरु संक्रिय हुनुपर्ने भन्दै सबैले स्वास्थ्य मापदण्ड पालना गर्न समेत अपिल गरिएको छ ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…


