अपि पावरसहित यी कम्पनीको कारोबार सर्वाधिक
काठमाडौं, १ भदौ । नेप्सेमा आज सामान्य अंकले गिरावट आएको छ । ० दशमलव ६६ अंकले नेप्से घटेपनि १८ अर्ब बढीको उच्च कारोबार भएको छ ।
नेप्सेको अनुसार आज सबैभन्दा धेरै अपि पावर कम्पनीको शेयर कारोबार भएको छ । कम्पनीको ८६ करोड ३८ लाख रुपैयाँको कारोबार भएको हो ।
यसैगरी, हाइड्रोइलेक्टीसिटीको ६२ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ६० करोड ३४ लाख, रिडी हाइड्रोपावर कम्पनीको ५५ करोड १९ लाख, अरुण भ्याली हाइड्रोपावर कम्पनीको ४३ करोड ७० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…


