माओवादी बन्दसत्रमा ११ टोली नेताको प्रस्तुति सकियो, बाँकी भोलि
काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन अन्तर्गत जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमाथि बुधबार ११ वटा समूहको प्रस्तुति सकिएको छ।
अध्यक्षको प्रतिवेदन र विधान मस्यौदामा छलफल गर्न गठित २५ वटा मध्ये बुधबार ११ वटा समूहका टोली नेताले समूहगत छलफलको निष्कर्ष प्रस्तुत गरेका हुन्। बाँकी १४ वटा समूहका नेताको प्रस्तुति भोलि बिहीबार विहान ११ बजेदेखि सुरु हुने अध्यक्ष मण्डलकी सदस्य रुपा महर्जन श्रेष्ठले जानकारी दिइन्।
उनका अनुसार भोलि टोली नेताले समूहगत छलफलको निष्कर्ष सुनाउने काम सकिनेछ।
समूहगत छलफलमा राजनीतिक दस्तावेजमाथि उठेका प्रश्नको अध्यक्ष प्रचण्ड र विधान मस्यौदाबारे देव गुरुङले थप स्पष्ट पार्नेछन्। समूहगत छलफलबाट प्राप्त सुझावलाई समेत समेटेर प्रतिवेदन र विधान पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam