काठमाडौं-१३ मा एमाले र १७ मा कांग्रेस विजयी
काठमाडौं : काठमाडौं महानगरपालिका–१३ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ। महानगरको वडा नम्बर( १३ मा वडाध्यक्षसहित एमालेका सबै उम्मेदवार विजयी भएका हुन्। वडाध्यक्षमा एमालेका ध्रुवनारायण मानन्धर ३ हजार १ सय २४ मत ल्याएर विजयी भए। वडा सदस्यमा पनि सबै एमालेका उम्मेदवार नै विजयी भए।
यस्तै १७ नम्बर वडामा कांग्रेसका नवीन मानन्धर निर्वाचित भएका छन्। मानन्धरले २७०८ मत पाए भने प्रतिस्पर्धी एमालेका मचराजा महर्जनले १४३१ मत प्राप्त गरेका छन्।
काठमाडौं महानगरको मतगणना अन्तिम चरणमा पुगेको छ। काठमाडौंको मेयरमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह बालेन र उपमेयरमा नेकपा एमालेकी सुनिता डंगोलको जित सुनिश्चित भइसकेको छ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam