कङ्गोमा हिरा खानी भत्किँदा ४० भन्दा बढीको मृत्यु
काठमाडौं : प्रजातान्त्रिक गणतन्त्र कङ्गोको मध्य क्षेत्रको हीरा खानीमा पहिरो जाँदा पुरिएर ४० भन्दा बढी मानिसहरूको मृत्यु भएको छ।
कासई प्रान्तीय सरकारका आन्तरिक मन्त्री आलेन शिसुङ्गु नतुम्बाले साम्बा शहरमा भएको घटनाको हताहतबारे सञ्चारलाई जानकारी गराएका छन्।
उनले मृतकहरूलाई खानीभित्रबाट निकाल्ने क्रम जारी रहेको बताए।
पीडितहरु सबै हिरा खानीमा काम गर्ने श्रमिक रहेको ती अधिकारीले बताए। पहिरोले करिब ४० वटा खाडललाई पुरेको बताइएको छ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam