काठमाडौं : तुलसीलाई बहुउपयोगी वनस्पति मानिन्छ। कुनै पनि शारीरिक संक्रमण र जुनसुकै रोगमा पनि तुलसी प्रयोग गर्न सकिन्छ।
हरेक दिन तुलसीको ताजा पात मिसाएको चिया पिउनाले प्राकृतिक रुपमा क्रमशः उच्च रक्तचाप नियन्त्रण गर्न र तनाव हटाउन तुलसी सहयोगी हुने चिकित्सकको भनाइ छ। ्
संक्रमित खानेकुरा र जंकफूडले गर्दा बालबालिकाहरुको पेट खराब भइरहेको हुन्छ। यस्तो अवस्थामा बच्चालाई मनतातो पानीमा तुलसीको पातको रस सेवन गराउनु उत्तम हुने आयुर्वेदका चिकित्सक विष्णु आचार्य बताउँछन्। यसले पेट स्वस्थ हुने, छाती दुख्ने, कफ जम्ने समस्या पनि हट्ने र पेटका समस्या समाधान हुने आचार्यको भनाइ छ।
त्यसैगरी बान्ता भएमा तुलसीको रसमा अलैंची वा सुकुमेलको धुलो मिसाएर सेवन गर्दा पनि फाइदा हुन्छ। घाउ खटिरामा तुलसीको पात र बेसारलाई मिसाएर लगाउँदा अझ लाभ मिल्छ।
तुलसीको सेवनले यौनजन्य समस्याबाट समेत छुटकारा दिने चिकित्सकहरुको भनाइ छ। शीघ्र स्खलन, स्वप्न दोष, नपुंसकता, लिंग शिथिलता आदिमा तुलसी उपयोगी हुन्छ। तुलसीको पात, डाँठको रस आदिमा मह मिसाएर सेवन गर्दा फाइदा मिल्ने आचार्य बताउँछन्। यस्तै मुखको दुर्गन्ध हटाउनमा पनि तुलसी उपयोगी हुन्छ।
चिकित्सक आचार्यका अनुसार टाउको दुख्यो भने तुलसीको रसले निधारमा मसाज गरेमा निको हुन्छ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam