धानखोलादेखि शिवखोलासम्म सडक मिची बनाएका संरचना हटाउन निर्देशन
तुलसीपुर : सडक डिभिजन कार्यालय दाङले पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने दाङको धानखोलादेखि शिवखोला सडकखण्ड मिचेर बनाएका संरचना हटाउन निर्देशन दिएको छ।
सडक डिभिजन कार्यालय दाङले मंगलबारदेखि लागू हुने गरी १५ दिने सूचना जारी गरी राजमार्गको सडक क्षेत्र मिचेर बनाइएका संरचना हटाउन निर्देशन दिएको हो।
दाङ सडक खण्डको धानखोलादेखि शिव खोलासम्मको सडक क्षेत्र दायाँ, बायाँ ३१/३१ मिटर भित्र रहेका संरचना हटाउन जारी विज्ञप्तिमा उल्लेख गरिएको छ।
जारी सूचनालाई बेवास्ता गरेमा सडक विभाग कार्यालयले आफै (पुस १५ भित्र नहटाएमा) हटाउने समेत उल्लेख छ। साथै हटाउन लागेको खर्च समेत सडक मिच्नेहरूले नै ब्यहोर्नु पर्ने सूचनामा उल्लेख छ। राजमार्गको दाङ खण्ड करिब ७७ किलोमिटर रहेको छ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam