बुर्किनाफासोमा जिहादी समूहकाे आक्रमणमा परि १८ जनाको ज्यान गयाे
एजेन्सी-बुर्किनाफासोमा जिहादी समूहले दुई छुट्टाछुट्टै आक्रमण गरेको छ । ती घटनामा परि सेनालाई सहयोग गर्ने १६ सहयोगीसहित कम्तीमा १८ जनाको ज्यान गएको छ ।
बुर्किनाफासोको उत्तर र उत्तरपश्चिममा सेनालाई सहयोग गर्ने एक नागरिक समूहमाथि आक्रमण भएको हो । पश्चिम अफ्रिकाको भूपरिवेष्ठित देश बुर्किनाफासो गरिब र सुरक्षाका हिसाबले विश्वको अस्थिर देशमध्ये एक हो । त्यहाँ द्वन्द्वका कारण दशौँ हजारको ज्यान गएको छ भने झण्डै २० लाख मानिस विस्थापित भएका छन् ।
उत्तरी प्रान्त बामामा बिहीवार पनि आक्रमणको घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । दुई वटा आक्रमणमा भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण आउन भने बाँकी नै छ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam