मधेशमा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लियो
२ जेठ, जनकपुरधाम : नेकपा एमालेले मधेस सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
आजदेखि लागु हुने गरि एमालेले जनता समाजवादी पार्टी नेपालका मुख्यमन्त्री सरोज कुमार यादवलाई दिएको समर्थन फिर्ता लिएको हो। नेकपा एमाले संसदीय दलका नेता सरोज कुमार यादवले आइतबार सभामुख रामचन्द्र मण्डललाई भेटी समर्थन फिर्ताको पत्र बुझाएको थियो।
सरकारको सत्ता गठबन्धनमा एमाले माओवादी केन्द्रको गठबन्धन भत्किँदा गत चैत २१ गते नै एमालेका मन्त्रीहरूले राजीनामा दिएका थिए। एमालेबाट संसदीय दलका नेता सरोजकुमार यादव भौतिक पूर्वाधार तथा विकास, राजकुमार लेखी कानुन, न्याय तथा प्रदेश सभा मामिला, शत्रुधन प्रसाद सिंह गृह तथा सञ्चार र मोहम्मद जयद आलम महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री बनेका थिए।
१०७ सदस्यीय मधेस प्रदेशमा एमालेको २३ सिट छ भने नेपाली कांग्रेसको २२, जसपाको १६ सिट, जनमत पार्टीको १३ सिट, लोसपाको ९ सिट, माओवादी केन्द्रको ८ सिट, एकीकृत समाजवादीको ७ सिट, स्वतन्त्र ६ सिट छ भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्तिको एक एक सिट रहेको छ ।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam