चिकित्सकका माग वार्तामार्फत सम्बोधन गर्न सरकारलाई निर्देशन
१२ असोज, काठमाडौँ : संसदीय समितिले आन्दोलनरत चिकित्सका माग वार्तामार्फत सम्बोधन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ। शुक्रवार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले स्वास्थ्य सेवालाई मर्यादित, सुरक्षित, भयरहित बनाइ निर्वाधरूपमा सेवा प्रवाह गर्ने वातावरण तयार गर्न स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिएको हो।
बैठककका निर्णय सार्वजनिक गर्दै समितिका सभापति भानुभक्त जोशीले चिकित्सकमाथि भएको घटनाप्रति समितिको गम्भिर ध्यानाकर्षण भएको बताए। उनले वार्ताबाट समस्या समाधान गर्न सरकारलाई निर्देशन दिएकाे पनि बताए। उनले संसदीय समितिका तर्फबाट चिकित्सकका समस्या सम्बोधनका लागि भएका पहलकदमीबारे समिति सदस्य डा. तोशिमा कार्कीलाई आन्दोलनरत चिकित्सकलाई जानकारी गराउने जिम्मेवारी दिएको बताए। संसदीय समितिमा सांसदहरुले चिकित्सकमाथि सुरक्षाको खतरा बढेको भन्दै घटनामा संलग्न जो कोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताएका थिए।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam