संगीतकार एवं गायक गुरुदेव कामतको निधन
काठमाडौं : शास्त्रीय संगीतकार एवं गायक गुरुदेव कामतको निधन भएको छ।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ख्याति प्राप्त उनको आज बिहान ६ बजे आफ्नै जन्मथलो सिरहाको लक्षम्पुर पतारी गाउँपालिका-२ पोखरभिण्डामा निधन भएको पारिवारिक स्रोतले जनाएको छ।
६९ वर्षका उनी लामो समयदेखि मिर्गौला रोगबाट पीडित थिए। काठमाडौं बस्दै आएका उनी आर्थिक समस्याका कारण त्यहाँ उपचार गराउन नसकेपछि एक महिनाअघि मात्र गाउँ फर्किएका थिए।
शास्त्रीय संगीतमा निकै श्रद्धाका साथ नाम लिइने कामत पछिल्ला ४० वर्षदेखि निरन्तर काठमाडौंमा रहेर नेपाली गीत, संगीत, शास्त्रीय गायन क्षेत्रमा योगदान गर्दै आएका थिए।
नेपाल तारा माविमा ४ कोठे भवनको शिलान्यास
साउन २२, २०८३
घनश्याम भर (विजयनगर) कपिलवस्तु, २२ साउन । कपिलवस्तुको विजयनगर गाउँपालिका- २, मगरघट्टामा अवस्थित नेपाल तारा माध्यमिक विद्यालयमा ४ कोठे नयाँ…



ghanashyam