जलवायु परिवर्तनले मुलुकको गरिबी र सामाजिक असमानता बढायो : पूर्वराष्ट्रपति भण्डारी
काठमाडौँ : पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनले नेपाली समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई थप फराकिलो बनाएको बताएकी छन्।
बिहीवार त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पूर्वराष्ट्रपति भण्डारीले यस्तो बताएकी हुन्। उनले पछिल्लो समय नेपालमा जलवायु परिवर्तनबाट परेको ठूलो असरले जनजीवन समेत प्रभावित बन्दै गएको उल्लेख गरिन्। उनले जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढी पहिरो, सुक्खा खडेरी जस्ता प्रकोपले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको बताइन्।
उनले जलवायु परिवर्तनका नकारात्मक प्रभाव न्यूनीकरण गर्न अनुकूलन क्षमता बढाउन आवश्यक रहेको बताइन्। उनले अनुकूलन क्षमता बढाउन अनुसन्धानमा आधारित सूचना र ज्ञानको आवश्यकता रहेको उल्लेख गरिन्।
उनले भूगोल केन्द्रीय विभाग र अन्य विदेशी विश्वविद्यालय मिलेर जलवायु परिवर्तनले कृषि क्षेत्रमा पारेको प्रभावका विषयमा गरेको अनुसन्धानले जलवायु अनुकूलन क्षमतामा प्रभाव पार्ने प्रमुख तत्त्वको पहिचान गर्दै तदनुरूप अनुकूलनमा दिगो र प्रभावकारी उपायको अवलम्बन गर्न सहयोग पुग्ने दाबी गरिन्।
भण्डारीले भने, ‘जलवायु परिवर्तनले हाम्रो समाजमा विद्यमान गरिबी र सामाजिक असमानतालाई समेत थप फराकिलो बनाएको छ। जलवायु परिवर्तनकै कारण उत्पन्न अतिवृष्टि, अनावृष्टि, बाढीपहिरो, सुक्खा खडेरी जस्ता प्रकोपले गर्दा गरिब किसान तथा विपन्न वर्गको जीविकोपार्जनमा प्रत्यक्ष असर परिरहेको छ।’
उनले विभिन्न देशहरू सम्मिलित भई गरिएको अध्ययनले किसानलाई जलवायु परिवर्तनका कारण देखिएको चुनौती सामना गर्न सहज हुने अपेक्षा रहेको बताइन्।
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam