विजयनगरमा सामुदायिक सहयोगीको तीन दिने तालिम
कपिलवस्तुकाे विजयनगर गाउँपालिका-६, बद्धौरमा सामुदायिक सहयोगी सम्बन्धी तीन दिने तालिम दिएकाे छ । जीआइजेडको साझेदारी, विजयनगर गाउँपालिकाको समन्वय तथा सहकर्मी समाजको आयोजनामा तालिम सञ्चालन गरिएको हो । तालिममा २४ जनाको सहभागिता रहेको छ ।
टोल विकास संस्थाबीच परिचय तथा आपसी समन्वय बढाउनुका साथै टोल विकास संस्थाको उद्देश्य, परिकल्पना, योजना तथा गतिविधि सञ्चालन गर्न सहभागीलाई सक्षम बनाउनु तालिमकाे उद्देश्य रहेको सहकर्मी समाजका सामुदायिक प्रशिक्षक अमरनाथ ठाकुरले जानकारी दिए ।
तालिममा समुदायमा सहभागिता, सहमति, समन्वय र सहकार्य बढाउने सीप, समुदायका समस्या तथा आवश्यकताको पहिचान, विश्लेषण र प्राथमिकता निर्धारण, स्थानीय स्रोत-साधनको पहिचान तथा परिचालन र दिगो विकास योजना निर्माण सम्बन्धी विषयमा प्रशिक्षण दिएकाे छ ।
त्यस्तै नागरिक र स्थानीय सरकारबीच समन्वय तथा सहकार्य कायम गर्न सहयोगी भूमिका निर्वाह गर्ने क्षमता विकास, पारदर्शिता, जवाफदेहिता, समावेशिता तथा सुशासन प्रवर्द्धन, टोल विकास संस्थाको कार्ययोजना निर्माण, कार्यान्वयन, अनुगमन तथा मूल्याङ्कन सम्बन्धी विषयलाई समेत तालिममा समेटिएको सामुदायिक प्रशिक्षक विद्या बढईले बताइन् ।
सहभागीलाई प्रभावकारी सञ्चार, नेतृत्व, निर्णय प्रक्रिया तथा बैठक सहजीकरण सम्बन्धी व्यावहारिक सीप प्रदान गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई समुदायमा व्यवहारमा प्रयोग गर्न सक्ने सक्रिय तथा सक्षम सामुदायिक सहयोगी तयार गर्ने लक्ष्य राखिएको आयाेजकले जनाएको छ ।
अवरुद्ध राजमार्गको दबाब व्यवस्थापन गर्दै मकवानपुर प्रहरी
भदौ १७, २०८३
मकवानपुर : हेटौंडा–काठमाडौं सडकखण्डमा यतिबेला सवारीको चाप मात्रै छैन। यात्रुको अधैर्य र अत्यावश्यक सेवाको दबाब पनि उत्तिकै छ। त्रिशूली नदीमा…



ghanashyam