कांग्रेस इतर समूहको बैठक आज, १५ औँ महाधिवेशनको छुट्टै तालिका ल्याउने
काठमाडौं : नेपाली कांग्रेसको संस्थापन इतर समूहको बैठक आज बस्दैछ।
पूर्वमहामन्त्री डा. शशांक कोइरालाको संयोजकत्वमा रहेको ‘१५ औं केन्द्रीय महाधिवेशन तयारी समिति’को बैठक बस्न लागेको हो।
बैठक दिउँसो १ बजे चुनदेवीस्थित संस्थापन इतर समूहको सम्पर्क कार्यालयमा बस्ने छ। बैठकका लागि १५ औं महाधिवेशन तयारी, समसामयिक विषय र विविध गरी तीन वटा एजेन्टा तय गरिएको नेता मिन विश्वकर्माले जानकारी दिए।
बैठकका लागि १४ औं महाधिवेशनमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी सदस्य र आमन्त्रित सदस्यहरूलाई आमन्त्रण गरिएको छ। आजको बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका ल्याउने तयारी गरिरहेका बेला शेखर कोइराला भने आफूपक्षीय नेताहरुसँग छुट्टै संवाद गरिरहेका छन्।
पार्टी आधिकारिकता विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेकै बेला संस्थापन पक्षले महाधिवेशन प्रकृया अघि बढाएपछि रोक्न माग गर्दै इतर पक्ष अदालत गएको थियो।
अदालतले महाधिवेशन प्रकृया रोक्न आदेश नदिएपछि छुट्टै कार्यतालिका ल्याउन लागिएको हो।
यसैबीच संस्थापन पक्षले क्रियाशील सदस्या अद्यावधिक गर्ने समय फेरि थप गरेको छ। सबैलाई समेटेर महाधिवेशन सम्पन्न गर्न भन्दै पाँच दिन समय थप गरेको हो। अब भदौ १९ गतेसम्म सदस्यता अद्यावधिक गर्न पाइनेछ।
रसुवा बाढी: ९८७ जनाको मृत्यु, ३,९१६ बेपत्ता
भदौ १६, २०८३
काठमाडौं : गृह मन्त्रालयअन्तर्गतको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा बाढीपछिको खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो अद्यावधिक विवरण…



ghanashyam