जडीबुटी बेचेर चार करोड राजस्व असुली
कर्णाली प्रदेशले गत आर्थिक वर्षमा ५८ प्रजातिका जडीबुटी निकासीबाट चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरेको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै राजस्व झ्याउबाट ९५ लाख ८५ हजार ४०० रुपैयाँ र जटामसीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ संकलन भएको छ।
उक्त आर्थिक वर्षमा कर्णालीमा २१ लाख ५८ हजार ५८२ दशमलव ९४५ केजी जडीबुटी सङ्कलन भएको र १९ लाख ४६ हजार ८७५ दशमलव ७०५ केजी निकासी भएको छ।
१३ कात्तिक, कर्णाली । कर्णाली प्रदेशले गत आर्थिक वर्षमा जडीबुटी निकासीबाट चार करोड रुपैयाँ राजस्व संकलन गरेको छ ।
कर्णाली प्रदेश सरकार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका अनुसार बिक्री भएका ५८ प्रजातिका जडीबुटीबाट चार करोड १७ लाख ६८ हजार ९९९ रुपैयाँ राजस्व संकलन गरिएको छ ।
जडीबुटीमा प्रतिकेजी ५० रुपैयाँ राजस्व दर भएको एक लाख ८१ हजार ६०९ केजी निकासी गरिएको झ्याउबाट ९५ लाख ८५ हजार ४०० रुपैयाँ राजस्व संकलन भएको उक्त मन्त्रालयका सूचना अधिकारी महेश नेपालीले जानकारी दिए ।
यसैगरी, ९६ हजार ७९२ केजी निकासी गरिएको जटामसीबाट ८७ लाख ८८ हजार ८७५ रुपैयाँ राजस्व संकलन गरिएको छ । उक्त जडीबुटीको राजस्व दर ७५ रुपैयाँ रहेको छ । यार्सागुम्बा (जीवनबुटी) बाट ७५ लाख ४४ हजार ३७१ रुपैयाँ राजस्व संकलन भएको जनाउँदै सूचना अधिकारी नेपालीले प्रतिकेजी ३१ हजार रुपैयाँ राजस्व रहेको यार्सागुम्बाको परिमाण भने २५१ किलाग्राम ६५६ ग्राम मात्र बिक्री भएको बताए ।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam