सर्वोच्च अदालतको फूल कोर्ट बैठक बस्दै
काठमाडौं : सर्वोच्च अदालतका न्यायाधीशहरुको पूर्ण बैठक (फूलकोर्ट) आज बस्ने भएको छ।
बिहीबार दिनभर प्रधानन्यायाधीश डा. मनोज शर्माको नाम जोडिएको म्यासेज अनि न्यायाधीश हरि फुयाल र इनम सापकोटाबीच सम्पर्क भएको विवरण सार्वजनिक भएपछि न्यायिक वृत्त तरंगित भयो।
इनम सापकोटाको फोनमाथि प्रहरीले अनुसन्धान गरिरहेका बेला उनले ‘ह्वाट्सएप म्यासेज’बाट गरेका कुराकानी सार्वजनिक भएका हुन्।
हरेक दिन बिहान सर्वोच्च अदालतको बैठक कक्षमा गोलाप्रथाबाट इजलास गठन गर्ने अनि मुद्दा छान्ने अभ्यास छ। त्यसक्रममा न्यायाधीशहरूबीच समयसामयिक विषयमा संक्षिप्त छलफल समेत हुन्छ। तर बिहीबार भने दुई घटनाका बारेमा न्यायाधीशहरूले मुख खोलेनन्।
अपरान्ह प्रधानन्यायाधीश डा. शर्माले आफ्नै हस्ताक्षरमा विज्ञप्ति निकालेर इनमसँग आफ्नो सम्पर्क नभएको र कुनै भेटघाट पनि नभएको जिकिर गरे।
त्यसको केहीबेरमा न्यायाधीश श्रीकान्त पौडेलले समेत आफूले मुद्दाको आदेश गर्दा बहसपैरवी र मुद्दाको विषयवस्तु हेरेको तर कुनै व्यक्तिसँग भेटघाट नगरेको जिकिरसहित विज्ञप्ति जारी गरे। त्यस्तै फुयालले पनि विज्ञप्ती जारी गरेका थिए।
प्रधानन्यायाधीशले आफू निकटका केही न्यायाधीश र न्यायप्रशासनका उच्चपदस्थ अधिकारीहरूसँग छलफल समेत गरेका थिए। त्यसपछि न्यायाधीशहरूलाई शुक्रबारआज बिहन फूल कोर्ट(सबै न्यायाधीश सम्मिलित बैठक) बस्ने सूचना जारी भएको छ। त्यसको एजेण्डामा ‘समसामयिक विषयमा छलफल’ भन्ने उल्लेख छ।
प्रधानन्यायाधीश डा. शर्मा सहित अरु न्यायाधीशहरूको बैठक आझ बस्न लागेको हो। सर्वोच्च अदालतको बरिष्ठतम न्यायाधीश सपना प्रधान मल्ल वैदेशिक भ्रमणका क्रममा बिदामा छिन्। बरिष्ठतम न्यायाधीशको अनुपस्थितिमा फूल कोर्टको बैठक हुन लागेको हो।
कानून व्यवसायीहरूको छाता संगठन नेपाल बार एशोसिएसनले पनि बिहीबार विज्ञप्तिमार्फत नै घटनाको छानबिन हुनुपर्ने, न्यायिक नेतृत्व र अरु न्यायाधीशहरूको भूमिकाबारे अध्ययन गरी गल्ती भेटिए कारबाहीको प्रक्रिया अघि बढाउनुपर्ने माग गरेको छ।
न्यायाधीशहरूबिच सामूहिक छलफल नभएपछि केही न्यायाधीशहरूले भने आपसमा छलफल गरेका थिए।
सरकारी वेबसाइट सुरक्षित बनाउन साइबर सुरक्षा केन्द्रको निर्देशन
कार्तिक १२, २०८३
काठमाण्डौ – राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सरकारी वेबसाइट र सूचना प्रविधि प्रणालीलाई सुरक्षित बनाउन नयाँ निर्देशन जारी गरेको छ ।…



ghanashyam