भोटेकोशी बाढी पीडितका लागि कपिलवस्तु चेम्बरको सहयोग

(विजयनगर) कपिलवस्तु, १६ भदौ ।

रसुवाकाे भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पुर्‍याउन चेम्बर अफ कमर्स कपिलवस्तुले आर्थिक सहयोग गरेको छ ।

चेम्बरले ५१ हजार १ सय ११ रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको हो । विपद्को समयमा प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने उद्देश्यले सहयोग रकम प्रदान गर्ने निर्णय गरिएको चेम्बर अफ कमर्स कपिलवस्तुका अध्यक्ष महादेव पोखरेलले बताए ।

बाढीका कारण ज्यान गुमाउनेप्रति चेम्बरले भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

चेम्बरले राष्ट्रिय विपद्को यस कठिन परिस्थितिमा उद्योगी, व्यापारी तथा व्यवसायीहरूलाई समेत राहत तथा उद्धार कार्यमा सहयोग गर्न आग्रह गरेको छ । इच्छुक व्यवसायीले चेम्बर अफ कमर्स कपिलवस्तुमार्फत राहत रकम उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको जनाएको छ ।

TOP