राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको रविसँग बागमतीका मुख्यमन्त्रीको गुनासो
काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्दारका लागि संघ सरकारले समन्वय नगरेको गुनासो गरेका छन् ।
सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग पार्टी कार्यालय वनस्थली पुगेर भेट गर्दै मुख्यमन्त्री थापाले यस्तो गुनासो गरेका हुन्। उनले प्रधामन्त्री प्रभावित क्षेत्रमा जाँदासमेत प्रदेश सरकारले जानकारी नपाएको भन्दै दु:ख ब्यक्त गरे ।
जवाफमा रास्वपा सभापति लामिछानेले यस्तो विपद्को समयमा स्थानीय र संघीय सरकारलाइ जोड्ने भूमिका प्रदेश सरकारले गर्नुपर्ने बताए ।
मुख्यमन्त्री थापाले प्रभावित क्षेत्रमा राहत पठाउन नसकिएको, पठाएको राहत बट्टार क्षेत्रमा जम्मा भएको र त्यसभन्दा माथि पुर्याउन असहज भएको जानकारी लामिछानेलाई गराएका थिए । स्रोतः थाहा खबर
लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना
भदौ १६, २०८३
काठमाण्डौ – आज पहाडी तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका एक/दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ । साथै आज राति…



ghanashyam