रविलाई हिरासतमा राख्न अदालतले दियो फेरि चार दिन

काठमाडौं : सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।

यसअघि मंसिर २७ गते उनीमाथि अनुसन्धानका लागि ५ दिनको म्याद थप गरिएको थियो।

उनीसँगै आज प्रहरीले गोरखा मिडियाका पूर्वउपाध्यक्ष छविलाल जोशी, नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, जीवि राईका सहयोगी लिला पछाईंलाई पनि अदालत उपस्थित गराएको छ।

लामिछानेलाई गत कात्तिक २ गते प्रहरीले काठमाडौंबाट पक्राउ गरी कास्की लगेको थियो।

TOP