अनेम संघ विजयनगर ३ काे वडा कमिटीकाे अध्यक्षमा उमा भर चयन


सुनिता थारु/आरती परियार
विजयनगर, ३ पाैष ।
नेकपा एमालेकाे जनवर्गीय संगठन अखिल नेपाल महिला संघ विजयनगर गाउँपालिकाकाे वडा नम्बर ३ वडा कमिटीकाे अध्यक्षमा उमा भर चयन भएकी छन् । उमा भरकाे नेतृत्वमा २१ सदस्य अनेम संघ वडा कमिटी गठन गरिएको हाे ।

जसकाे उपाध्यक्षमा सबनम बेगम, सचिवमा दुर्गावती पाण्डे, काेषाध्यक्षमा चिन्का देवी केवट, उप-सचिवहरुमा लक्ष्मी चाैहान, मनिकला गाैतम लगायत सर्वसम्मत रुपमा वडा कमिटीमा चयन भएका हुन् । अनेम संघ वडा कमिटीकाे तेस्रो अधिशेवनबाट सर्वसम्मत वडा कमिटी गठन गरिएको जनाइएकाे छ ।

नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य गाेपाल बहादुर थापाले महिला हकहितका लागि महिलालाई सशक्त बनाउनुपर्ने बताएका छन् । उनले संविधानले सुनिश्चित गरेका महिलाका अधिकार प्राप्तिका लागि संगठित हुन आवश्यक रहेकाे बताए । अनेम संघलाई मजबुत बनाउँदै महिलाकाे हितमा सबैले पैरवी गर्नुपर्नेमा अध्यक्ष थापाले जाेड दिए ।

यस्तै अनेम संघ जिल्ला कमिटी उपाध्यक्ष लक्ष्मी कुमारी चाैधरीले महिलाहरुक अझै जागरुकताकाे कमी भएको बताएकी छन् । उनले अनेम संघले महिलालाई जागरुक गराउँदै महिलाका अधिकारलाई सुनिश्चित गर्ने अभियानमा लागेकाे बताइन् । सबै महिलाहरु एकजुट भएपछि हरेक कार्य सफल हुँदै जाने भन्दै संगठनलाई बलियो बनाउनुपर्नेमा जाेड दिइन् ।

कार्यक्रमलाई नेकपा एमाले विजयनगर गाउँ कमिटी सचिव गाेकर्ण प्रसाद सापकोटा, अनेम संघ विजयनगर गाउँ कमिटी अध्यक्ष अमृता खड्का, उमा ठकुरी, सरिता पाण्डे लगायतले सम्बाेधन गरेका थिए ।

TOP