युक्रेनको सुमी शहरमा रुसको मिसाइल, कम्तीमा ३४ जनाको मृत्यु
रुसले युक्रेनको सुमी शहरमा शक्तिशाली मिसाइल आक्रमण गर्दा बालबालिकासहित कम्तीमा ३४ जनाको मृत्यु भएको छ। ११७ जना घाइते भएका छन् ।
रुसले शहरको मध्य भागमा रहेको एक विश्वविद्यालय र ठूलो सभाहल नजिक दुईवटा ब्यालेस्टिक मिसाइल खसालेको हो। मिसाइल आक्रमणपछि सडकमा शव क्षतविक्षत अवस्थामा देखिएको अलजजिराले उल्लेख गरेको छ।
युद्धविरामको प्रयास भइरहेका बेला रुसले गरेको शक्तिशाली आक्रमणको युक्रेनका पश्चिमा सहयोगीहरुले भत्र्सना गरेका छन्। अमेरिकी विदेशमन्त्री मार्को रुबियोले यसलाई विभत्स आक्रमणको संज्ञा दिनुभएको छ । जर्मनीले रुसी आक्रमणलाई युद्ध अपराध भनेको छ । अधिकांश युरोपेली सहयोगीले रुसी आक्रमणको निन्दा गरेका छन्।
सीमावर्ती क्षेत्रमा ठूलो आक्रमणको तयारी भइरहेको बताएको रुसले भने यस आक्रमणबारे कुनै प्रतिक्रिया नदिएको बीबीसीले उल्लेख गरेको छ ।
थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam