पाल्पामा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु, एक गम्भीर घाइते
पाल्पा : बगनासकाली गाउँपालिका ४ मलेङमा गएराती जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। एक जना गम्भीर घाइते भएका छन्।
मृत्यु हुनेमा स्याङ्जाको काली गण्डकी गाउँपालिका १ कारिकोट चण्डिभञ्ज्याङकी १८ वर्षीया एलिसा सारु रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लले बताए।
तानसेनबाट भालेबासतर्फ जाँदै गरेको लु१ज १७२४ नम्बरको जीप ब्रेक फेल भएर आइतबार राती करिब ८ बजे दुर्घटना भएको हो। उनको घटनास्थलमै मृत्यु भएको मल्लले बताए।
भालेबासकी ३६ वर्षीया निता दर्लामी गम्भीर घाइते भएकी छन्। उनको लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ।घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam