भारतको अहमदाबादमा दुर्घटनाग्रस्त विमानको ब्ल्याक बक्स भेटियो
३१ जेष्ठ २०८२, शनिबार
बुटवल
भारतको अहमदाबाद शहरको आवासीय क्षेत्रमा बिहीवार दुर्घटनाग्रस्त विमानको ‘ब्ल्याक बक्स रेकर्डर’ भेटिएको छ ।
अहमदाबादबाट बेलायतको लण्डनका लागि उडेको एअर इन्डियाको बोइङ ७८७–८ ड्रिमलाइनर विमान झन्डै एक सय मिटरको उचाइमा नपुग्दै दुर्घटना भएको थियो ।
विमानमा चालक दलकासदस्यसहित दुई सय ४२ जना थिए । तीमध्ये दुई सय ४१ जनाको ज्यान गएको पुष्टि भइसकेको छ । एक जना बेलायती नागरिक विश्वासकुमार रमेश बाँच्न सफल भएका छन् ।
विमान दुर्घटना आवासीय क्षेत्रमा भएकाले थप २४ जनाले ज्यान गुमाएका पछिल्लो विवरण छ । योसँगै मृतकको कुल सङ्ख्या दुई सय ६५ जना पुगेको छ ।
ब्ल्याक बक्स रेकर्डर भेटिएसँगै मृतका परिवार र आफन्त तथा सम्बन्ध अधिकारीहरुले आवश्यक अनुसन्धानपछि दुर्घटनाको सत्यतथ्य पत्ता लाग्ने विश्वास गरेका बीबीसीले जनाएको छ ।बुटवल टुडे
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam