भिजिट भिसा प्रकरणमा न्यायिक आयोग गठन गर्न रास्वपाको माग
काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टीले भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाई दोषीमाथि कारबाही गर्न माग गरेको छ।
आज प्रतिनिधिसभाको बैठकमा रास्वपा सांसद चन्दा कार्की भण्डारीले उक्त माग दोहोर्याएकी हुन्।
प्रतिनिधिसभाको मंगलवारको बैठकमा रास्वपा र राप्रपाका सांसदहरूले उठेर विरोध जनाएका हुन्। सभामुखले सदनको कारबाही शुरु गरेसँगै उनीहरूले उठेर विरोध जनाए। सभामुख देवराज घिमिरेले रास्वपा सांसद चन्दा कार्की भण्डारीलाई बोल्न समय दिएपछि सांसद भण्डारीले भिजिट भिसाको आवरणमा ट्राभल एजेन्सी, एयरलाइन्सहरू, अध्यागन विभाग र गृह मन्त्रालयसमेत संलग्न रहेको भन्दै मानव तस्करी भएको बताइन्।
उनले यसले नेपालको इज्जत र गरिमा धुमिल बनाएको बताइन्। आपराधिक क्रियाकलापविरुद्ध रास्वपाले निरन्तर आवाज उठाइरहेको तर सरकारले गम्भीरतापूर्वक नलिएको उनको भनाइ छ। उनले २०६४ सालदेखि यो समस्या रहेकाले यसको जालो अब च्यात्नुपर्ने बताइन्।
भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाई दोषीमाथि कारबाही गरी सुशासन स्थापना गर्न आग्रह गरिन्। सरकारले रोष्टमबाट धम्क्याएको बताउँदै गृहमन्त्रीलाई आफूहरूले अपराधी नभनेको बताइन्।
भिजिट भिसाको आवरणमा रहेको मानव तस्करीको जालो च्यात्न र ठगिएका नागरिकलाई न्याय दिन उच्चस्तरीय छानबिन समिति वा न्यायिक आयोग गठन गर्न माग गरिन्। थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam