सचिवालयको निर्णय परिमार्जनमा सहयाेग गर्न पोलिटब्यूरो सदस्यहरूसँग ईश्वर पोखरेलको आग्रह

काठमाडौं : नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले बिहीबार सचिवालय बैठकले गरेको निर्णयलाई परिमार्जन गर्न पोलिटब्यूरो सदस्यहरूसँग आग्रह गरेका छन्। वरिष्ठ उपाध्यक्ष पद, ७० वर्षे उमेरहद र दुई कार्यकालकाे प्रावधान हटाउने निर्णय सचिवालयबाट बहुमतका आधारमा भएको थियो।

त्यसलाई परिमार्जन गर्न पोखरेलले सामाजिक संजालमार्फत शुक्रबार पोलिटब्यूरो सदस्यहरूसँग आग्रह गरेका हुन्। उनले भनेका छन्, ‘पार्टीको बिधान महाधिवेशनमा प्रस्तुत गरिने पार्टी विधानको संशोधन (मस्यौदा) माथि सचिवालयको बैठकमा गंभीरताका साथ छलफल गरियो। आज पोलिटब्यूरो सदस्यहरूका विचमा छलफल हुनेछ १ पोलिटब्यूरोका सम्पूर्ण कमरेडहरू गंभीरताका साथ छलफल वहसमा सहभागी हुनुहुनेछ र केन्द्रीय कमिटीमा प्रस्तुत हुने प्रस्तावलाई थप परिमार्जन गर्ने कुरामा योगदान पुर्याउनु हुनेछ !’

पार्टीमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सक्रियता रोक्न र अध्यक्ष केपी शर्मा ओलीलाई तेस्रो कार्यकाल नेतृत्व गर्न सुनिश्चित हुनेगरी अघि सारिएको विधान मस्यौदामाथि शुक्रबार १ बजेट बस्ने पोलिटब्यूरो बैठकमा छलफल हुँदैछ। बिहीबारको बैठकमा यसबारे अध्यक्ष ओली र वरिष्ठ उपाध्यक्ष पोखरेलबीच नोकझोंक नै परेको थियो।

वरिष्ठ उपाध्यक्ष पोखरले एमालेको भावी नेतृत्व पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सुम्पनुपर्ने पक्षमा छन्। थाहा खबर

TOP