हुन्डाईको नयाँ योजना, गाडी खरीद गर्दा ८ लाखसम्मको छुट

काठमाडौँ : नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले Hyundai Awesome August योजना शुरु गरेको छ। यसमा ग्राहकले विभिन्न आकर्षक नगद छुट तथा विशेष लाभको फाइदा लिनसक्ने कम्पनीले जनाएको छ।

साउन २१ देखि २५ गतेसम्म सञ्चालन हुने यस योजना काठमाडौंको भृकुटीमण्डपमा आयोजना भइरहेको NAIMA मोबिलिटी एक्स्पो २०८२ सँगै सञ्चालन हुनेछ। हुन्डाईको स्टल नम्बर L4 रहेको छ।

यस योजना अन्तर्गत ग्राहकहरूले हुन्डाईका गाडी खरिद गर्दा ८ लाख रुपैयाँसम्मको नगद छुट, एक वर्षको निःशुल्क बीमा र विशेष छुटहरु प्राप्त गर्नेछन्। यसका साथै सबै हुन्डाई गाडीमा तीन वर्षको वारेन्टी पनि उपलब्ध छ।

योजनाको बम्पर पुरस्कारका रूपमा एक जोडीलाई भियतनाम भ्रमण रहेको छ। विजेता जोडीको तीन रात चार दिनको खर्च कम्पनीले बेहोर्नेछ। एक्स्पो अवधिमा हुन्डाई गाडी खरिद गर्ने ग्राहकहरू यो लक्की ड्रमा स्वतः सहभागी हुनेछन्। यसका अतिरिक्त, स्टलमा गाडी बुक गर्ने ग्राहकहरू दैनिक विशेष उपहारहरूको लागि छनौट हुनेछन्। दैनिक उपहारहरुमा बोस वासिङ मेसिन ह्याम्पर पनि समावेश गरिएको छ।

हुन्डाईले आफ्नो Grand i10 NIOS, Venue, Creta Electric, Creta Ice and Ioniq5 जस्ता आधुनिक मोडलहरूसँग नेपाली बजारमा डिजाइन र प्रविधिमा निरन्तर अगाडि बढिरहेको र यो अभियानले ग्राहकहरूलाई आकर्षक अफरहरू मात्र नभई यात्रा र उत्साहको अवसर पनि प्रदान गर्ने जनाएको छ थाहा खबर

TOP