विद्यार्थीहरू माझ उद्दमीका अनुभव
काठमाडौं : उद्यमशील यात्रामा युवाका पाइला विषयमा शार्क ट्याङ्क नेपालका सम्पूर्ण शार्कहरूले युवा विद्यार्थीसँग बिहिबार राजधानीमा अन्तर्किया गरेका छन्। काठमाडौंको ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीहरूसँगको अन्तर्कियामा युवा उद्यमीहरूले आफ्ना अनुभव साटासाट गरे भने विद्यार्थीहरूलाई नयाँ व्यवसायको संभावनाहरू बारे पनि मार्गचित्र प्रस्तुत गरे।
कार्यक्रममा बोल्दै युवा उद्यमी, पद्मज्योति ग्रुपका चेयरमेन सौरभ ज्योतिले व्यवसायमा चुनौतीहरू ज्यादा भए पनि प्रतिस्पर्धा भने अझै कम रहेको विचार व्यक्त गर्दै युवा विद्यार्थीहरूलाई आफ्नो रुचि र नयाँ क्षेत्रमा व्यवसायको संभावना खोज्न प्रोत्साहन गरे।
उनले अगाडि भने, ‘युवाहरू संभावना खोज्दै विदेशतिर गइरहेका छन्, तर यहीँ पर्याप्त संभावना छन्।’ उनले नेपाली कामदारहरू नेपालमै रहँदा भने कामका अतिरिक्त अन्य विषय र सामाजिक सञ्जालमा बढी व्यस्त हुने तर त्यही कामदार विदेसीएपछि अर्को देशका लागि काम गर्दा भने पूर्ण रूपमा दत्तचित्त भई बाह्रदेखि अठार घन्टासम्म काम गर्न तयार भएको विचार व्यक्त गरे।
त्यस्तै अर्का उद्यमी युनाइटेड ट्रडर्स सिन्डिकेटका म्यानेजिङ डिरेक्टर ऋतु सिह वैद्यले जुनसुकै व्यवसाय फस्टाउनका लागि त्यसको जग बलियो हुनुपर्ने विचार व्यक्त गरिन्। त्यसका लागि सबैभन्दा पहिले आफ्नो शिक्षा राम्रो र पूर्ण हुनुपर्छ। यसका साथमा उसले आफ्नो व्यक्तित्व पनि साथसाथै विकास गर्दै लानुपर्छ। उनले युवा विद्यार्थीलाई व्यवसाथ तर्फ लाग्न प्रोत्साहित गर्दै जसले समय जहाँ खर्च गर्छ उसले त्यही क्षेत्रमा सफलता प्राप्त गर्छ भन्दै युवा वयमा आफूले आफ्नो रुचिको क्षेत्र छनौट गरिसक्नुपर्ने विचार व्यक्त गरिन्।
आइएमइ ग्रुपका सहसंस्थापक हेमराज ढकालले सफताको पछाडि आफूले गरेका अगाडिका हजारौँ असफलताहरू पनि हुन्छन् भन्ने कुरा बताए। व्यवसायीका लागि आफ्ना त्यही गल्ती नै विश्वविद्यालय हुन्। सधैँ सफलता मिल्छ भन्ने छैन। हरेक असफलताबाट पाठ सिक्दै अगाडि बढ्ने साहस जुटाउनु पर्ने विचार उनले व्यक्त गरे।
अग्नि ग्रुपका म्यानेजिङ डाइरेक्टर क्याबिनेट श्रेष्ठले आजको प्रविधिपूर्ण समाजमा नयाँ पुस्ताले तुरुन्तै नयाँनयाँ सूचना प्राप्त गर्न सक्छन् तर सफलताको लागि धैर्यता र चुनौति दुवैको सामना गर्न सक्नुपर्ने विचार व्यक्त गरे। अहिलेको नयाँ पुस्ताले तत्कालै नतिजा खोज्ने गरेको भन्दै यसमा धैर्यता अपनाउनु पर्ने विचार पनि उनले व्यक्त गरे।
ग्लोबल कलेज अफ म्यानेजमेन्टको सोसल क्लबले बिहिबार आयोजना गरेको यस कार्यक्रममा विद्यार्थीहरूले आगामी दिनमा आफूले कस्तो व्यवसायमा लाग्ने, व्यवसाय कसरी सुरु गर्ने जस्ता जिज्ञासाहरू राखेका थिए। थाहा खबर
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam