युरिया मल गायब गर्ने सञ्चालक पाण्डेय विरुद्ध प्रहरीले चलायो कालोबजारीको मुद्दा
कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर ६ डुमरा स्थित चेतना विकास सहकारीका सञ्चालक वशिष्ठ कुमार पाण्डे विरुद्ध प्रहरीले कालोबजारी मुद्दा चलाएको छ।
पालिकाको वडा नम्बर ५ बलुवाको लागि कृष्णनगर स्थित साल्ट ट्रेडिङ कर्पोरेसनबाट खरिद गरी ल्याएको १९७ बोरा युरिया मल गायब पारी अन्यत्र बेचेको आरोपमा प्रहरीले उनी विरुद्ध सो मुद्दा चलाएको हो।
प्रहरी नायब उपरीक्षक रितेन्द्र कुमार सिंहले पाण्डे विरुद्ध कालोबरारीको मुद्दा चलाई जिल्ला प्रशासन कार्यालयबाट पाँच दिनको म्याद थपी आवश्यक कारबाही प्रक्रिया अघि बढाएको बताउनुभयो वैखरी
हराएका पूर्व मेयर मृत फेला
साउन २४, २०८३
कृष्णनगर, २४ साउन । अस्ति शुक्रबार दिउँसोदेखि हराइरहेका कपिलवस्तु नगरपालिकाका पूर्व मेयर किरण सिंहको शव फेला परेको छ । तिलौराकोट…



ghanashyam